सोलुखुम्बु । नेपाल निजामती कर्मचारी युनियन सोलुखुम्बुको अध्यक्षमा पुनः दिनेशकुमार राई चयन हुनुभएको छ । सदरमुकाम सल्लेरीमा समपन्न चौथो अधिबेशनबाट राईको नेतृत्वमा १३ सदस्सीय जिल्ला कार्य समिति चयन गरिएको छ ।
समितिको उपाध्यक्ष (खुला) मा केशब ढुङ्गाना, (महिला) गायत्रा शर्मा र (समावेशी) थिरबहादुर श्रेष्ठ चयन हुनु भएको छ भने सचिवमा भिष्मराज जोशी, सहसचिवमा जिवन पाण्डे र कोषाध्यक्षमा नारायण गोपाल ढकाललाई चयन गरिएको छ ।
खुला सदस्यमा टेकबहादुर बस्नेत, तेजबहादुर कटवाल, भिमबहादुर बस्नेत, मलिशोभा राइ, महिला सदस्यमा पासाङह्लामु तमाङ र सरस्वती कार्की चयन गरिएको छ ।
अधिबेशनले धु्रबधन राईको संयोजकत्वमा चार सदस्सीय सल्लाहकार समिति चयन गरेको छ । सदस्यहरुमा चेतनाथ कटेल, नेत्र घिमिरे र प्रशान्त कुमार महतो रहेका छन् । अधिबेशनले अमृता कार्की, शान्तराज राई र खेचरबाबु बास्तोलालाई केन्द्रिय महाधिबेशन प्रतिनिधि चयन गरेको छ ।