माओवादी केन्द्र थुलुङ दूधकोशी अध्यक्षमा घनश्याम, महाकुलुङमा विरेन्द्र, सोताङमा गोविन्द

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकामा शनिबार सम्पन्न नेकपा माओवादी केन्द्रको सम्मेलनबाट पालिका अध्यक्षमा घनश्याम नेपाली चयन हुनुभएको छ । नेपालीको अध्यक्षतामा ५५ सदस्यीय पालिका कमिटी गठन गरिएको हो ।

कमिटीको उपाध्यक्षमा टेकबहादुर बस्नेत, रामसंर्घष किराती र बुद्धिराज राई, सचिवमा रामकिरण राई, सह–सचिवमा टिका खत्री केसी र कोषाध्यक्षमा ललितबहादुर राई चयन हुनुभएको छ। पालिका कमिटीको पदाधिकारी र सदस्यहरु सर्वसम्मत रुपमा चयन गरिएको हो ।

महाकुलुङ माओवादी अध्यक्षमा विरेन्द्र कुलुङ चयन

सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रको अध्यक्षमा विरेन्द्र कुलुङ चयन हुनुभएको छ ।

प्रथम पालिका अधिबेशनले कुलुङको नेतृत्वमा ५५ सदस्सीय गाउँ समिति र ४ प्रदेश प्रतिनिधि सर्वसम्मत चयन गरिएको माओवादी नेता दीप किराँतीले जानकारी दिनुभयो ।

पालिका पदाधिकारी अन्तरगत उपाध्यक्षमा अम्बीर काजी कुलुङ, नीर कुमार कुलुङ र छविमाया कुलुङ, सचिवमा सञ्जय कुलुङ, सहसचिवमा सरला कुलुङ र कोषाध्यक्षमा राजराम कुलुङ चयन हुनुभएको छ ।

त्यस्तै, प्रदेश प्रतिनिधिहरुमा विकेन्द्र कुलुङ किराती (संकल्प), सुनिता राई (संगीन), जय कुबेर राई कुलुङ र किशोर राई कुलुङ चयन भएका छन् ।

गोबिन्द नाछिरिङ चयन

नेकपा माओवादी केन्द्र सोताङ गाउँपालिका समितिको अध्यक्षमा गोबिन्द नाछिरिङ चयन हुनुभएको छ । १५ गते सम्पन्न पालिकाको प्रथम सम्मेलनबाट गोबिन्द नाछिरिङको अध्यक्षतामा ५५ सदस्य पालिका समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षहरुमा टेकमान तामाङ, बिनोद बस्नेत र जस्ना नाछिरिङ, सचिवमा धनकुमार बिश्वकर्मा, सहसचिवमा चित्रमणी राई र कोषाध्यक्षमा सरस्वती राई चयन हुनुभएको हो ।

यसअघि सम्पन्न सम्मेलनबाट सोलुदूधकुण्ड नगरपालिकामा दीपक श्रेष्ठ, नेचासल्यान गाउँपालिकामा सिताराम भट्टराई, लिखुपिके गाउँपालिकामा शंकर बस्नेत, खुम्बु पासाङल्हामु गाउँपालिकामा दीपक भुजेल र महाकुलुङ गाउँपालिकामा विरेन्द्र कुलुङ पालिका अध्यक्ष बनेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार