सोलुका स्थानीय तहमा माओवादीको सर्वसम्मत नेतृत्व चयन

सोलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सोलुखुम्बुको आठ वटै स्थानीय तह र ५२ मध्ये ५१ वडामा सर्वसम्मत रुपमा अधिबेशन सम्पन्न गरेको छ । खुम्बु पासाङल्हामू गाउँपालिकाबाट पालिका अधिबेशन शुरु गरेको माओवादीले माप्य दूधकोशी गाउँपालिकाको पालिका नेतृत्व चयन गरेर अधिबेशन सम्पन्न गरेको हो ।

अधिबेशनबाट खुम्बु पासाङल्हामू गाउँपालिकामा दिपक भुजेलको अध्यक्षतामा ३५ सदस्यीय पालिका कमिटी गठन गरेको छ भने लिखुपिके गाउँपालिकामा शङ्कर बस्नेतको अध्यक्षतामा ५५ सदस्यीय पालिका कमिटी गठन गरेकोे छ ।

जिल्लाको एकमात्र नगरपालिका सोलुदूधकुण्डमा दीपक श्रेष्ठ (रक्की) को अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी गठन गरिएको छ । सोताङ गाउँपालिकामा गोविन्द नाछिरिङ राईको अध्यक्षतामा ५५ सदस्यीय, महाकुलुङ गाउँपालिकामा विरेन्द्र कुलुङका अध्यक्षतामा ५५ सदस्यीय, नेचासल्यान गाउँपालिकामा सीताराम भट्टराईको अध्यक्षतामा ५५ सदस्यीय पालिका कमिटी गठन गरिएको छ ।

थुलुङ दूधकोशी गाउँपालिकामा दिलबहादुर नेपाली (घनश्याम) को अध्यक्षतामा पालिकामा ५५ सदस्यीय कमिटी चयन गरेको छ भने माप्य दूधकोशी गाउँपालिकामा प्रकाश खालिङको अध्यक्षतामा ५५ सदस्यीय पालिका कमिटी गठन गरिएको छ ।

अधिबशनले माओवादी केन्द्रको यही मंसिर २५ गते मोरङमा हुने प्रदेश सम्मेलनका लागि प्रदेश प्रतिनिधि समेत चयन गरेको छ । पार्टीको विधानअनुसार जिल्लामा पार्टीको समन्वय समिति मात्रै रहने भएकाले जिल्ला सम्मेलन नहुने र कार्यकारी अधिकार सिधै स्थानीय समितिलाई प्रदान गरिएको माओवादी केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार