सोलुखुम्बुबाट उपसभापति सहित पाँच जना केन्द्रिय सदस्यमा उम्मेदवार

सन्तोष राउत/सोलुखुम्बु । नेपाली काँग्रेसको १४ र्आँै महाधिबेशनमा सोलुखुम्बुबाट केन्द्रिय कार्य समितिको उपसभापतिमा बलबहादुर केसीले उमेद्वारी घोषणा गर्नुभएको छ । वर्तमान केन्द्रिय सदस्य समेत रहनुभएका केसीले आफ्नो ५१ वर्षका राजनीतिक यात्रामा पहिलो पटक पदाधिकारीमा उमेद्वारी घोषणा गर्नुभएको हो ।

२०२७ सालमा ताहाचल क्याम्पसको स्ववियू सभापतिदेखि हालसम्म पार्टीको विभिन्न भूमिकामा रहनुभएका केसी ६ पटक सोलुखुम्बुबाट सांसदको टिकट पाएर चार पटक विजय हुनुभएको छ । पटक पटक मन्त्री हुनुभएका केसी काँग्रेसको सिनियर नेतामा पर्नुहुन्छ । उहाँ संस्थापनइतर समूहमा हुनुहुन्छ ।

त्यस्तै, वैचारिक युवा नेता आङगेलु शेर्पाले आसन्न केन्द्रिय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । नेपाली काँग्रेस सोलुखुम्बुको तीन कार्यकाल पार्टी सभापति भइसक्नुभएका नेता शेर्पाले पार्टी सभापति शेरबहादुर देउवा समुहबाट केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

बैचारिक रुपमा रुपान्तरण सहितको काँग्रेस निर्माण गरी जनमैत्री काँग्रेस बनाएर आगामी तीनै तहको निर्वाचनमा काँग्रेसलाई विजयी गराउने आफ्नो मुख्य एजेण्डा रहेको उहाँको भनाइ छ । त्रिचन्द्र कलेजबाट विद्यार्थी राजनीति शुरु गर्नुभएका शेर्पाले प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक पटक जेल जीवन बिताउनु भएका छ । नेपाली काँग्रेसको १० आँै जिल्ला अधिबेशनबाट ३२ बर्षको उमेरमा जिल्ला सभापति निर्वाचित शेर्पा नेपालकै कान्छो जिल्ला सभापति हुनुहुन्थ्यो ।

लोकतान्त्रिक आन्दोलनको २०३१ साल पुस १ गतेको चर्चित टिमुरबोटे काण्डका ज्युँदा सहिद प्रभुराम बस्नेतले पनि केन्द्रिय सदस्यको उमेद्वारी घोषणा गर्नुभएको छ । यज्ञबहादुर थापाको कमाण्डमा गठित सशस्त्र विद्रोही समूहमा रहेका बेला १३ जना कमाण्डरहरु मारिएकोमा बस्नेतसहित केही नेता बाँच्न सफल भएका थिए । यसअघि १८ वर्ष जिल्ला सभापतिको नेतृत्व गर्नुभएका बस्नेत सात वर्ष जेल बस्नुभएको थियो ।

त्यस्तै, सोलुखुम्बुबाटनै आङछिरिङ शेर्पा, जनजातीतर्फ कुशराज राई र दलिततर्फ धर्मबहादुर परियारले पनि उमेद्वारी घोषणा गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार