थप १९७ जनामा सङ्क्रमण पुष्टि, दुईको मृत्यु

पछिल्लो २४ घण्टामा १९७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आठ हजार १८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा १९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

एक हजार ४३३ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.८ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३२९ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४९ पुगेको छ ।

यसैगरी देशभर हालसम्म छ हजार १०५ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा तीन लाख ३७ हजार १७२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।-गोरखापत्र अनलाइनबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार