गगनकी छोरी भन्छिन्– बाबाले महामन्त्रीमा जित्नुहुन्छ भन्नेमा म ढुक्क छु

नेपाली काँग्रेसको १४औं महाधिवेशनमा अहिले उम्मेद्वारी दर्ता गर्ने प्रक्रिया चलिरहेको छ ।

यसैक्रममा नेपाली काँग्रेसका प्रभावशाली युवानेता गगन थापाले पनि डा.शेखर कोइरालको प्यानलबाट महामन्त्रीमा उम्मेद्वारी दर्ता गराएका छन् ।

उम्मेद्वारी दर्ता कार्यक्रममा गगनकी श्रीमती र २ छोरीहरु समेत साथमै रहेका थिए ।

साथमै रहेका दुईछोरी मध्य ठूली छोरी प्राइम टाइम्स टेलिभिजनको प्रत्यक्ष प्रसारणमा जोडिइन् ।

तपाईं यहाँ किन आउनु भयो भन्ने पत्रकारको प्रश्नमा उनले भनिन, ‘बाबालाई सपोर्ट गर्न आएको । बाबाले जित्सिनछ, उहाँले जितेपछि नेपाली काँग्रेस पार्टीलाई पूर्णरुपमा बदलसिन्छ । बाबा एकदमै मेहनति होइसिन्छ । नेपालको लागि सपोटमा होइसिन्छ’ ।

यस्तै, छोरीको साथमै रहेकी गगनकी पत्नी भने बोल्न चाहिनन् तर, पत्रकारले बोल्न जोड गरेपछि उनले भनिन्, ‘श्रीमानलाई सपोट गर्न आएको’ ।रिपोर्टर्सनेपाल डटकमबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार