काँग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता

नेपाली काँग्रेसको महामन्त्रीमा विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

शुक्रबार उद्घाटन भएको काँग्रेसको १४ औँ महाधिवेशनमा शनिबार उम्मेदवारी दर्ता भइराखेको छ । पार्टी सभापतिको रुपममा प्रकाशमान सिंहको प्यानलबाट शर्माले महामन्त्रीको उम्मेदवारी दर्ता गर्नुभएको हो । काँग्रेस महाधिवेशनमा गगन थापा र मिनेन्द्र रिजालले महामन्त्रीको रुपमा मनोनयन दर्ता गरिसक्नुभएको छ ।

शनिबार बिहान १० बजेदेखि उम्मेदवारीको मनोनयन पत्र दर्ता सुरु भएको हो । निर्वाचन समितिको कार्यतालिका अनुरुप उम्मेदवारी दर्ता भइराखेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार