नेकपा एमाले सोलुखुम्बुबाट पहिलो पटक राई केन्द्रीय सदस्य

नेकपा एमाले सोलुखुम्बुले पहिलो पटक केन्द्रीय सदस्य पाएको छ । २०४८ साल फागुनमा पहिलो जिल्ला अबिधेशन गरेको एमाले सोलुले २०७८ सालमा आएर मनोनित केन्द्रीय सदस्य पाएको हो।

चितवनमा सम्पन्न एमालेको १० औँ महाधिबेशनपछि भक्तपुरमा बसेको दोस्रो बैठकले विधान संवत १० प्रतिशत सदस्य मनोनितका लागि अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव पेश गर्नुभएको छ ।

ओलीले पेश गरेको प्रस्तावमा राईको नाम पनि समावेश छ । पहिलो जिल्ला अबिधेशनबाट उपसचिव बनेका मानवीर ३० बर्षपछि केन्द्रीय सदस्य बन्नुभएका राई जिल्लाबाट केन्द्रीय सदस्य पाउने पहिलो नेता बन्नु भएको छ ।

२०४२–४३ सालमा खरिखोला निमावि र जुनवेशी माविमा गठित अनेरास्ववियू प्रारम्भिक कमिटीमा रहेर जिम्मेवारी निर्वाह गर्नुभएका राईले २०४६–४७ मा अखिल नेपाल किसान संघको जिल्ला सदस्यमा रहेर काम गर्नुभएको थियो ।

एमालेको दोस्रो जिल्ला अबिधेशनबाट राई उपसचिवमा दोहोरिनु भयो । तेस्रो जिल्ला अबिधेशनपछि सचिवालय सदस्य बन्नुभएका उहाँ चौथो जिल्ला अबिधेशनपछि पुनःउपसचिव पदमा निर्वाचित बन्नु भयो।

पाँचौ जिल्ला अबिधेशनबाट उपाध्यक्ष बन्नु भएका राईले सोही कार्यकालमा केही समय कार्यवाहाक अध्यक्ष जिम्मेवारी समेत सम्हाल्नुभएको छ ।

छैठौ जिल्ला अबिधेशनबाट अध्यक्षमा निर्वाचित राई तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच भएको एकतापछिको नेकपामा पनि जिल्ला पार्टी अध्यक्ष हुनुभयो।

नेकपामा किचलो आएपछि अध्यक्ष केपी ओलीको पक्षमा देखिएका राई सोही बेला केन्द्रीय सदस्यमा मनोनित हुनुभयो। त्यसपछि उहाँले जिल्ला अध्यक्षको जिम्मेवारी उपाध्यक्ष डुफकुमार बास्तोलालाई सुम्पिनु भयो। तर अदालतको फैसलाले नेकपालाई मान्यता दिएन ।

जेठ २ मा पार्टी फर्केने भएपछि पुनःएमाले सोलुको अध्यक्ष बन्नुभएका राईले दुई वटा बैठकको अध्यक्षता गरेपछि राजिखुसी अध्यक्ष पदबाट राजिनामा दिनुभएको थियो । राईको राजिनामाले उपाध्यक्ष बास्तोलालाई अध्यक्ष बन्न ढोका खोलिदिएको थियो । त्यसपछि राईलाई पार्टीले प्रदेश सदस्यको भूमिका दिएको थियो ।

केन्द्रीय सदस्य बन्ने गरि जिल्लाका नेताहरुबीच सहमतीको वातावरण बनाएर चितवनमा सम्पन्न १० औँ महाधिबेशनमा पुगेका राईले निर्वाचन लड्नुभएन। मनोनित गर्ने आश्वासन पाउनुभएका राईले उम्मेदवारी दिनु भएन । सोलुखुम्बुको माप्यदुधकोशी २ ठूलोढुंगामा जन्मेका राई भद्र र शालिन एमाले नेताको रुपमा परिचित हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार