राति १२ बजेदेखि सभापतिको मतगणना गर्ने तयारी, ४ ठाउँमा गणना हुने

नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको करिब साढे १ घण्टापछि मतगणनाको तयारी भएको छ । काँग्रेस निर्वाचन समितिका सदस्य जेट रावलले मतदान सकिएको करिब साढे १ घण्टापछि मतगणना गर्नेगरी तयारी भइरहेको बताए ।

उनका अनुसार साढे १ बजेसम्म मतदानको समय तोकिएको छ भने बीचमा कुनै प्राविधिक समस्या नआए सो अवधिमा मतदान सकिनेछ ।

त्यसपछि मतदान भएको ड्रमको व्यवस्थापन, मुचुल्का तयार गर्नेलगायतको प्राविधिक काम सकिएपछि मतदानको काम थालिनेछ ।

यसरी हेर्दा करिब १२ बजेदेखि मतदान सुरु हुनेछ । उनका अनुसार सभापतिको मतगणना राष्ट्रियसभा गृहमा ४ ठाउँमा ड्रम खन्याएर गनिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार