प्रकाशमानले गरे दोस्रो चरणमा देउवालाई सघाउने घोषणा

कांग्रेस नेता प्रकाशमान सिंहले दोस्रो चरणको चुनावमा प्रधानमन्त्री शेरबहादुर देउवालाई सहयोग गर्ने भएका छन् । सिंह निवास पुगेर देउवाले सँगै मिलेर जान आग्रह गरेपछि सिंह सहमत भएका हुन्।

पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसेकपछि दोस्रो चरणको चुनाव आजै हुने भएको छ । देउवाले २२ सय ५८ मत (४८.२३ प्रतिशत) ल्याएका थिए । त्यस्तै, सभापतिका उम्मेदवार सिंहले ३ सय ७१ मतसहित तेस्रो स्थानमा छन् । सिंहले देउवालाई सघाउने भएसँगै देउवाको जित निश्चित भएको छ ।

पार्टीको विधानअनुसार कांग्रेसको सभापतिमा निर्वाचित हुनका लागि कूल खसेको ५० प्रतिशत बढी मत हुनुपर्छ। ५० प्रतिशत बढी मत नल्याए पहिलो र दोस्रो स्थानमा रहेका दुईबीच दोस्रो चरणको चुनाव हुने प्रावधान छ। अब देउवा र डा. शेखर कोइरालाबीच सभापति पदका लागि निर्वाचन हुनेछ।रिपोर्टर्सनेपाल डटकमबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार