सभापति पदका लागि दोस्रो चरणकाे मतदान सकियाे

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सभापति चयनका लागि भएको दोस्रो चरणको मतदान सकिएको छ ।

मंगलबार दिउँसो साढे ३ बजेबाट सुरु भएको मतदान राति साढे नौ बजे सकिएको काँग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसीले जानकारी दिनुभयाे ।  पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा भएकाे हाे ।

सभापति पदका लागि प्रधानमन्त्री समेत रहनुभएको शेरबहादुर देउवा र डा। शेखर कोइराला प्रतिस्पर्धामा हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार