नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको आठ सहमहामन्त्री मध्ये पाँच पदको मतगणना आज हुने भएको छ । पाँच सहमहामन्त्रीको मतगणना पाँच ठाउँमा भइरहेको बताइएको छ ।
यसअघि विहिबार राती महिला, दलित र आदिवासी जनजाति कोटाका सहमहामन्त्री पदको मतपरीणाम सार्वजनिक भईसकेको छ ।
आज मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सहमहामन्त्रीको मतगणना हुन लागेको हो ।
सभापतिसहित उपसभापति र महामन्त्रीको पनि मतपरिणाम भने आइसकेको छ ।
खस आर्य सहमहामन्त्रीमा शेरबहादुर देउवा समूहबाट किशोरसिंह राठौर र शेखर कोइराला समूहबाट देवराज चालिसे उम्मेदवार छन् । यस्तै थारु कलस्टरमा देउवा समूहबाट उमाकान्त चौधरी र कोइराला समूहबाट तेजुलाल चौधरी उम्मेदवार छन्।
मुस्लिम कलस्टरको सहमहामन्त्रीमा देउवा पक्षबाट फरमुल्लाह मन्सुर र कोइराला समूहबाट शेख वकिल उम्मेदवार छन्। पिछडिएको क्षेत्र कलस्टरको सहमहामन्त्रीमा देउवा समूहबाट जीवनबहादुर शाही, कोइराला समूहबाट बद्री पाण्डे र निधि समूहबाट चेतराज बराल उम्मेदवार छन् ।
काँग्रेसमा क्लस्टर अनुसार ८ सहमहामन्त्री निर्वाचित हुँदैछन् । महिला, दलित र आदिवासी जनजातितर्फका सहमहामन्त्रीको मतगण्ना बिहीबार सम्पन्न भएको थियो । महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, आदिवासी जनजाति सहमहामन्त्रीमा भिष्मराज आङ्दाम्बे र दलित सहमहामन्त्रीमा जीवन परियार निर्वाचित भएका छन् ।