पिछडिएका क्षेत्रबाट खुला केन्द्रीय सदस्यमा देउवा पक्षका सिंह विजयी

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा पिछडिएको क्षेत्र (खुल्ला) तर्फबाट सभापति शेरबहादुर देउवा पक्षका अर्जुन जंगबहादुर सिंह केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

सिंह २५७७ मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भएका हुन् । सोही पदका अर्का प्रत्यासी दीपकजंग शाहले भने २०५६ मत ल्याएका छन् ।

आइतबार भएको निर्वाचनको मतगणना अहिले काँग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी छ ।रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार