कांग्रेस केन्द्रीय सदस्यमा ३५९५ मतगणनाको अवस्था मत अनुसार

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अहिले खुलातर्फ ३५ केन्द्रीय सदस्यका लागि मतगणना भइरहेको छ ।

हिजोदेखि शुरु भएको केन्द्रीय सदस्यको गणनामा हालसम्म ३५ सय ९५ मत गणना भएको छ । जसमा शुरुआतदेखि नै डा. शशांक कोइराला शीर्ष स्थानमा रहेका छन् ।

उनले २९ सय ४० मत पाएका छन् । त्यसैगरी एनपी साउद दोस्रो स्थानमा छन् । यसरी तुलना गर्दा शशांक यो महाधिवेशनकै सबैभन्दा लोकप्रिय मत पाउनेतर्फ अग्रसर भइरहेका छन् ।

केन्द्रीय सदस्यको गणनामा तेस्रो स्थानमा बालकृष्ण खाँण रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार