अनेम संघ सोलुखुम्बुको अध्यक्षमा कार्की

सन्तोष राउत/सोलुखुम्बु । अखिल नेपाल महिला संघ सोलुखुम्बुको अध्यक्षमा मोहन कुमारी कार्की चयन हुनुभएको छ । सदरमुकाम सल्लेरीमा भएको चौँथो जिल्ला सम्मेलनबाट कार्कीको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी चयन गरिएको हो ।

विगत लामो समयदेखि नेकपा एमालेका विभिन्न जिम्मेवारीमा रहेर काम गरिसक्नु भएका कार्की पार्टीमा सक्रिय महिला नेतृका रुपमा पर्ने एमाले नेताहरू बताउँछन्।

कमिटीको उपाध्यक्षमा लता थापा बस्नेत र दौलित कुलुङ, सचिवमा कल्पना राई, उपसचिव माया राई र कोषअध्यक्षमा पेमा शेर्पा चयन हुनुभएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार