पुराना काँग्रेस नेता शेर्पाको नि’धन

सन्तोष राउत/सोलुखुम्बु। नेपाली काँग्रेस सोलुखुम्बुका पुराना नेता नुर्बुवाङ्डा शेर्पाको नि’धन भएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएका सोलुदूधकुण्ड नगरपालिका ३ मा स्थायी बसोबास गर्ने काँग्रेस नेता शेर्पाको सोमबार साँझ राजधानीमा नि’धन भएको हो ।

तत्कालीन राजाले कु गरेर नेपाली काँग्रेस प्रतिबन्धित अवस्थामा रहँदा २०१७ सालदेखि नेपाली काँग्रेसमा सक्रिय रहनुभएका शेर्पा २०३४ सालमा पुरुषोत्तम बस्नेतको नेतृत्वको पहिलो जिल्ला कार्यसमितिको जिल्ला सदस्य रहनुभएको थियो ।

उहाँसँग नजिक भएर काँग्रेस राजनीतिमा लामो समय बिताउनुभएका पुर्व सभाषद पुरुषोत्तम बस्नेतका अनुसार शेर्पा नेपाली काँग्रेसले चलाएका हरेक आन्दोलन तथा सबै कार्यक्रममा सक्रिय सहभागी हुने पुराना कार्यकर्ता मध्येका एक हुनुहुन्थ्यो ।

२०३६ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रह हुँदै २०४५ सालमा पनि उहाँ छत्रध्वज बस्नेतको कार्य समितिमा जिल्ला सदस्य रहनुभएको तत्कालीन सभापति छत्रध्वज बस्नेतले बताउनुभयो । उहाँसँग लामो समय राजनीतिक उठबस गर्नुभएका बस्नेतकाअनुसार पञ्चायतले धेरै प्रलोभन देखाउँदा पनि प्रजातन्त्रप्रति प्रतिबद्ध, इमान्दार, सरल, मिलनसार र सहयोगी कार्यकर्ता हुनुहुन्थ्यो ।

२०४३ सालमा प्रधानपञ्च समेत हुनुभएका शेर्पा २०४८ सालमा दुर्गम क्षेत्र विकास समितिको सदस्य समेत हुनुभएको थियो । छ जना छोरा र एक जना छोरीका पिता शेर्पा केही समययता कलेजोको रोगबाट पीडित हुनुहुन्थ्यो ।

छ जना छोरामा पाँचजना विभिन्न पेशा व्यवसायमा हुनुहुन्छ भने एक जना आङगेलु शेर्पा नेपाली काँग्रेसको सक्रिय राजनीतिमा हुनुहुन्छ । उहाँ पटक पटक सोलुखुम्बु काँग्रेसको सभापति हुँदै हाल भएको १४ औँ महाधिवेसनबाट केन्द्रिय सदस्यमा निर्वाचत हुनुभएको छ ।

यसैबिच नेपाली काँग्रेस सोलुखुम्बुले एक विज्ञप्त जारी गर्दै शेर्पाको नि’धनले  एक अनुभवी र इमान्दार अभिभावकको रिक्तता भएको उल्लेख गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार