थप २३५ जनामा कोरोना संक्रमण पुष्टि चार जनाको मृत्यु

कोरोना भाइरसबाट अहिलेसम्म ९ लाख २४ हजार ६ सय ३३ जना संक्रमित बनेका छन् ।

८ लाख २८ हजार ४ सय ३१ जनाको पिसिआर परिक्षण र ९६ हजार २ सय २ जनाको एन्टिजेन परिक्षण गर्दा ९ लाख २४ हजार ६ सय ३३ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या ८ लाख ११ हजार ९ सय ५८ पुगेको  छ ।

यस्तै आज कोरोना भाइरसबाट थप २ सय ३५ संक्रमित बनेका छन् ।

९ हजार ८४ जनाको नमुना परिक्षण गर्दा २ सय ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

गएको २४ घण्टामा २ सय १२ जना सङ्क्रमणमुक्त भएका छन् ।

आज कोरोना भाइरसको सङ्क्रमणबाट ४ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ९४ पुगेको छ ।

देशभरी ४ हजार ८ सय ७९ जना सक्रिय सङ्क्रमितले आइसोलेसनमा उपचार गराइरहेको मन्त्रालयले जनाएको छ ।

आज १ लाख ३९ हजार १ सय ५२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । योसँगै अहिलेसम्म पूर्ण मात्राको खोप लगाउनेको सङ्ख्या १ करोड ३ लाख ८४ हजार ८ सय ५१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । रेडियो नेपाल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार