एमालेले जिल्ला अधिबेशनका लागि प्रतिनिधि छनौट गर्दै

सोलुखुम्बु । नेकपा एमाले सोलुखुम्बुले यही पुस २३ र २४ गते हुने सातौं जिल्ला अधिबेशनका लागि आठ स्थानीय तहका ५२ वटै वडामा आज प्रतिनिधि छनौट गर्दैछ।

प्रतिनिधि छनोटका लागि प्रति २० जना खुला संगठित सदस्य बराबर एक जना प्रतिनिधि, १० महिला संगठित सदस्य बराबर एक जना प्रतिनिधि,पाँच दलित संगठित सदस्य बराबर एक जना प्रतिनिधि छनोट हुने एमाले सोलुखुम्बुका नेता तथा प्रचारप्रसार उपसमिति सदस्य गोपाल घिमिरेले जानकारी दिनुभयो।

कुनै वडामा तोकिएको संख्या भन्दा कम भएमा एक जना प्रतिनिधि पाउनेछन् । सम्बन्धि वडा कमिटीले आजै प्रतिनिधिको नाम र फोटो जिल्ला अधिबेशन प्रतिनिधि व्यवस्थापन उप समिति समक्ष पेश गर्नु पर्ने नेता घिमिरेले बताउनुभयो।

जिल्ला भर नेकपा एमालेका तीन हजार ३० संगठित सदस्य रहेका छन् । अधिबेशन आयोजक समितिका १९४ सदस्य स्वतः प्रतिनिधि हुने ब्यबस्था गरिएको छ। अधिबेशनमा जिल्लाभरका झण्डै पाँच सय प्रतिनिधि र एक सयको हाराहारीमा पर्यवेक्षक सहभागी हुने अनुमान गरिएको छ ।

समावेशीताका आधारमा छनोट भएका प्रतिनिधि सङ्ख्याको पाँच प्रतिशत जिल्ला कमिटीले र प्रत्येक स्थानीय तहको पार्टी कमिटीलाई पाँच पाँच जनाका दरले प्रतिनिधि मनोनयनको अधिकार दिने निर्णय गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार