राष्ट्रियसभा बैठक पुस २७ गते बस्ने

पुस २५ गते आइतबारका लागि बोलाइएको राष्ट्रियसभाको बैठक सरेको छ । शुक्रबार सूचना सार्वजनिक गर्दै संघीय संसदका महासचिव डा. भरतराज गौतमले बैठक विशेष कारणबस बैठक सरेको जानकारी दिनुभयो ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक पुस २७ गते मंगलबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको गौतमको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार