नेपालमा थप ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण

आज नेपालमा कोरोना भाइरसका ६ हजार ७ सय ३४ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको संख्या ८ लाख ५९ हजार ४ सय ८५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज ५ सय ४७ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म आठ लाख १६ हजार ९ सय ८५ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १७ हजार ४ सय ६५ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो । रिपोर्टर्सनेपाल डटकमबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार