सोलुखुम्बुमा बने दुई जना ‘वान डे इमर्जिङ स्टार’

सोलुखुम्बु। यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सल्लेरी शाखा सोलुखुम्बुबाट जिल्लाकै पहिलो पटक दुई जना ‘वान डे इमर्जिङ स्टार’ बनेका छन्।

कम्पनीको मापदण्ड पूरा गरी उक्त शाखाका एजेन्सी म्यानेजर तेजराम परियार र मनोज राई आइतबार एकै दिनमा इमर्जिङ स्टार बन्नु भएकाे हो।
कम्पनीका बागमती प्रदेश उपप्रमुख चन्द्र प्रदिप भट्टराईको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी दुवै जनालाई सम्मान गरिएको छ। कार्यक्रममा ओखलढुंगा शाखाका प्रबन्धक तेज प्रसाद ढकाल, सल्लेरी शाखाका प्रबन्धक भानुभक्त उपाध्याय लगायतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार