एमसीसी यसकारण संसदबाट पारित नहुने

अब कुनै चमत्कार भएमात्र अमेरिकी सहयोगसम्बन्धी एमसीसी प्रतिनिधि सभाबाट पारित हुनेछ । एमसीसी पारित गर्न पक्षमा रहेको नेपाली काँग्रेसभित्रै आशंकाहरु देखिन थालेको छ । अर्कोतर्फ, एमसीसीका लागि प्रधानमन्त्री शेरबहादुर देउवा ठूलै त्याग गर्न तयार छैनन् ।

देउवाले एमसीसी अनुमोदन गराउन या त सत्ता गठबन्धनको पूर्ण साथ पाउनुपर्छ या नेकपा एमालेको । गठबन्धनमा काँग्रेसमात्र एमसीसीको पक्षमा छ । जसपाको डा. बाबुराम भट्टराई समूहमात्र एमसीसीको पक्षमा खुलेको छ । प्रचण्ड र माधवकुमार नेपालले पार्टी बैठक नै राखेर एमसीसीको विपक्षमा जाने निर्णय गरिसकेका छन् ।

नेकपा एमाले एमसीसीबारे अनिर्णित छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसीको पक्षमा जान प्रधानमन्त्री पद नै मागेको खुलिसकेको छ । त्यसमा देउवा तयार भएनन् । ५ फागुनको साँझ राजनीतिक लेनदेनको कुरा मिल्न लागिसकेको थियो तर देउवा प्रधानमन्त्री छाड्न तयार भएनन् ।
अब एमसीसी पारित हुन देउवासँग आवश्यक मत छैन । काँग्रेसको ६१, जसपाको १८ र लोसपाको १३ मत हुँदा पनि ९२ मत हुन्छ । त्यो प्रतिनिधि सभाको बहुमत होइन ।

उपस्थित संख्याको बहुमत बनाउन ९२ मत आउँदा पनि माओवादी र नेकपा एसले बैठकमा अनुपस्थित जनाउँदा एमाले उपस्थित भएमा पुग्दैन । यसकारण एमसीसी पारित नहुने देखिएको छ ।

बरु एमसीसीकै विरोधमार्फत् कम्युनिस्ट शक्तिहरुले एकताको बिन्दु तयार गर्न थालेका छन् । उनीहरु गठबन्धन बनाएर चुनावमा जाने तयारी गरिरहेका छन् ।रिपोर्टर्सनेपाल डटकमबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार