कर्मचारी युनियनको केन्द्रीय सदस्यमा कार्कीको उम्मेदवारी

सोलुखुम्बु । नेपाल निजामती कर्मचारी युनियनको आठौँ महाधिवेशनमा सोलुखुम्बुबाट अमृता कार्कीले केन्द्रीय सदस्य पदको उम्मेदवारी घोषणा गर्नुभएको छ। यही फागुन २१ गतेदेखि शुरु हुने यूनियनको महाधिवेशनमा कार्कीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताउनुभएको छ।

नेपाल बिद्यार्थी संघ सोलुखुम्बुको जिल्ला सदस्य हुँदै कोषाध्यक्ष समेतको जिम्मेवारीमा रहेर  मुलुकको लोकतान्त्रिक आन्दोलनमा सक्रिय रूपमा काम गरिसक्नु भएकी कार्कीले अब केन्द्रीय नेतृत्वमा रहेर कर्मचारीहरुको पेशागत तथा व्यावसायिक गरिमालाई माथि उठाउन आफ्नो उम्मेदवारी रहेको बताउनुभयो।

नेपाली काङ्ग्रेसको बाह्रौं महाधिवेशनसम्म क्षत्रीय प्रतिनिधिका रुपमा प्रतिनिधित्व गरिसक्नु भएकी कार्कीले नर्सिङ क्षेत्रमा अनमीका रुपमा काम गर्दै स्वास्थ्यको क्षेत्रबाट प्रशासनका क्षेत्रमा काम शुरु गरेको करिब एक दशक भइसकेको यस अवधिमा नेपाल निजामती कर्मचारी युनियन सोलुखुम्बुको जिल्ला सदस्य, सचिब, कोषाध्यक्ष र सल्लाहकार भएर काम गरिसक्नु भएको छ।

यस महाधिवेशनमा केन्द्रिय सदस्य भएर यूनियनमा थप योगदान पुर्‍याउँदै संगठनको गरिमालाई अझ उचाईमा पुर्‍याउने इच्छा, आकाङ्क्षा र काम गर्ने सामर्थ्य समेत रहेको उम्मेदवार कार्कीले अमूल्य मत दिनका लागि सबै महाधिवेशन प्रतिनिधि समक्ष अनुरोध गर्नुभएको छ।

पहिलो पटक यूनियनको केन्द्रीय चुनाबी मैदानमा उत्रिनुभएकी कार्कीले सबैको साथ र सहयोग रहनेमा आफू विश्वस्त रहेको बताउनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार