कांग्रेस सोलुखुम्बुमा जिल्ला सदस्य मनोनीत, को को परे?

सोलुखुम्बु । नेपाली काँग्रेस सोलुखुम्बुले आधा दर्जन नेताहरुलाई जिल्ला कार्यसमितिमा मनोनित गरेको छ।

पार्टीको विधानले निर्वाचित सदस्य संख्याको २० प्रतिशत मनोनित गर्ने गरी राखेको प्रावधान अनुसार मंगलबार जिल्ला सभापति नाम्गेलजाङ्बु शेर्पाले छ जनालाई जिल्ला सदस्यमा मनोनित गरेकाे जिल्ला सहसचिव उत्रमान राईले जानकारी दिनुभयो।

मनोनितमा पर्नेहरुमा कांग्रेस नेताहरू कृष्णप्रसाद निरौला, नेताहरु रामबहादुर बस्नेत, चन्द्रप्रसाद आचार्य, सरला राई, गणेशबहादुर बस्नेत र दावागेलु पाख्रिन रहेका छन्।

मनोनित हुने सबै नेताहरु पार्टीको संस्थापन पक्षका रहेका र गएको जिल्ला अधिवेशनमा विभिन्न पदमा पराजित भएका हुन्। त्यस्तै, १० जना आमन्त्रित जिल्ला सदस्य मनोनित गर्ने विधानमा ब्यवस्था रहेको छ ।

त्यस्तै, नेता बिनोदकुमार बस्नेतलाई नेपाली काङ्ग्रेसको बिधान २०१७ (संसोधन) अनुसार जिल्ला कार्य समिति सोलुखुम्बुको दोस्रो बरियतामा पदस्थापन गरिएको जनाइएको छ।

सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै काँग्रेस सोलुखुम्बुले सांगठनिक गतिविधि बढाउँदै गएको छ । यो मनोनयन सँगै जिल्ला समिति ४३ सदस्यीय पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार