काँग्रेस प्रवक्तामा राई, सल्लाहकार संयोजकमा थापामगर, यी हुन् चार पालिकाका संगठन विस्तार संयोजक

सन्तोष राउत/सोलुखुम्बु । नेपाली काँग्रेस सोलुखुम्बुको प्रदेश सभा ‘ख’ को प्रवक्तामा गङ्गाबहादुर राईलाई मनोनयन गरिएको छ ।
माप्यदूधकोशी गाउँपालिका–७ का काँग्रेस नेता राईलाई नेपाली काँग्रेसको विधान २०१७(संशोधन सहित) अनुसार प्रदेस सभा क्षेत्रिय कार्य समतिको बैठकले प्रदेश सभा सदस्यमा मनोनित गरी प्रवक्ताको जिम्मेवारी दिएको प्रदेस सभा ख का सभापति कर्मा शेर्पाले जानकारी दिनुभयो ।

बैठकले सल्लहाकार समिति संयोजकमा खुम्बुपासाङल्हमु गाउँपालिका–१ का प्रेम थापामगरलाई चयन मनोनित गरेको छ भने सदस्यहरुमा खुम्बु पासाङल्हमुका आङछिरिङ शेर्पा, माप्यदूधकोशीका साङ्गबहादुर खालिङ र भोजराज कार्की, सोलुदूधकुण्ड नगरपालिका–१ का आङकाजी शेर्पा र लिखुपिके गाउँपालिकाका रामबहादुर बस्नेतलाई चयन गरेको छ ।

त्यस्तै, बैठकले प्रदेश सभा ख को कोषाध्यक्षमा सानुमाया राजभण्डारीलाई मनोनीत गरेको छ । शनिबार माप्यदूुधकोशी गाउँपालिका–४ मा सम्पन्न बैठकले पालिकास्तरीय संगठन विस्तारका लागि संयोजक समेत चयन गरेको छ ।

स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै संठगन विस्तारलाई तिब्रता दिएको प्रदेश सभा ख ले, माप्यदूधकोशीको संगठन विस्तार संयोजकमा सहसचिव मिङमार खालिङ राई, लिखुपिकेको संयोजकमा प्रदेश सभा ख का उपभापति ज्ञानेद्रजंग बस्नेत, खुम्बु पासाङल्हमुको संयोजकमा उपसभापति ङिमातेन्जीङ शेर्पा र सोलुदूधकुण्ड नगरपालिकाको संयोजकमा सचिव भलाकाजी कार्कीलाई चयन गरेको जनाइएको छ ।

त्यस अवसरमा खेलकुद विभाग संयोजकमा माप्यदूधकोशी गाउँपालिका–२ का शुक्रवीर राईलाई संयोजक तोकेको छ भने सांस्कृतिक विभागको संयोजकमा सुरेश मगरलाई छनौट गरेको सभापति शेर्पाले बताउनुभयो । बैठकले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिने समेत निर्णय गरको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार