कांग्रेस सोलुदूधकुण्ड नगरपालिकाले खोल्यो आफ्नै कार्यालय

सोलुखुम्बु । नेपाली काँग्रेस सोलुदूधकुण्ड नगरपालिकाले आफ्नै कार्यालय खोलेको छ। सदरमुकाम सल्लेरीको बिच भागमा सोमबार नयाँ कार्यालयको उद्घाटन गर्नुभएको गरिएको हो ।

कार्यालयको उद्घाटन गर्दै केन्द्रीय सदस्य आङगेलु शेर्पाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सम्झौता नेपालको हितमा रहेको बताउनुभयो ।

उहाँले देशको विकास र नागरिकको जिवनस्तर उकास्नका लागि एमसीसीले महत्वपूर्ण भुमिका खेल्ने भन्दै विकास विरोधी तत्वले एमसीसीको विरोध गरेको बताउनुभयो।

काँग्रेस सोलुखुम्बुका सभापति नाम्गेलजाङ्बु शेर्पाले आगामी निर्वाचनमा सबै तहमा कांग्रेस पार्टीलाई जिताउनका लागि तल्लोस्तरबाट सङगठन बिस्तारलाई तिब्रता दिएको बताउनुभयो । चुनाब भन्दा अघि पार्टीका कमजोरीलाई औल्याउँदै कार्यकर्ता प्रशिक्षण र टोलस्तरमा समिति गठनलाई जारी राख्ने उहाँको भनाइ छ।

त्यस अवसरमा कांग्रेसको सोलुदुधकुण्ड कार्यसमितिले १२ जना सदस्य मनोनयन गरेको छ ।

सोलुदुधकुण्ड ६ का नेता काले शेर्पालाई कांग्रेस नगर कार्य समितिको कार्य सम्पादन समितिको सदस्य र नुरु शेर्पालाई काँग्रेस नगर प्रवक्तामा मनोनित गरिएको छ ।

नगर सभापति सोनाम ग्याल्जेन शेर्पाको सभापतित्वमा भएको कार्यक्रममा नगरपालिकाभित्रका नेता, कार्यकर्ताको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार