थप ४१ जनामा सङ्क्रमण, मृत्यु शून्य

पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २९ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा ४१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी, १७ सय ७४ जनाको एन्टिजेन परीक्षण गर्दा चार जनामा सङ्क्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरेर चार हजार ७५२ जनाको परीक्षण गर्दा कुल ४५ जनामा सङ्क्रमण देखिएको छ ।

२४ घण्टामा १४७ जना डिस्चार्ज भएका छन् । विगत केही दिनयता कोरोनाले मृत्यु हुनेको सङ्ख्या शून्यमा झरेको छ ।

अहिले देशभर ३१ सय ३५ जना सक्रिय सङ्क्रमित छन् । २४ घण्टामा ५९ हजार ३७८ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार