थप २४ जनामा सङ्क्रमण, ८९ सङ्क्रमण मुक्त

पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ६२३ जनामा पीसीआर परीक्षण गर्दा २४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी, १३ सय २८ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पीसीआर र एन्टिजेन गरेर चार सय ९५१ जनाको परीक्षण गर्दा कुल २५ जनामा सङ्क्रमण देखिएको छ ।

२४ घण्टामा ८९ जना सङ्क्रमण मुक्त भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ ।

अहिले देशभर १० सय ८१ जना सक्रिय सङ्क्रमित छन् । २४ घण्टामा ६० हजार २६० जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार