गठबन्धनको निर्णयप्रति कांग्रेस सोलुखुम्बुभित्र विवाद(विज्ञप्ति सहित)

आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गरेर जानका लागि गठबन्धनमा रहेका दलहरुको संयन्त्र निर्माण गरिएसँगै नेपाली काँग्रेस सोलुखुम्बुका २ जिल्ला उपसभापति र १ जिल्ला सचिवले विमति जनाएका छन् ।

काँग्रेस जिल्ला सभापति नाम्गेलजाङ्बु शेर्पाको संयोजकत्वमा गठबन्धनमा सामेल दलहरुका विचमा चुनावी तालमेलका लागि सयन्त्र निर्माण भएको एक घण्टा वित्न नपाउँदै त्यस्को खिलाफमा काँग्रेसका उपसभापति र सचिवको विज्ञप्ति आएको हो ।

जिल्ला उपसभापति फुदोर्जी शेर्पा र घनराज सुनुवार, सचिव युवराज घिमिरेले जारी गरेको प्रेस विज्ञप्तिमा सोलुखुम्बुमा गठबन्धन दलविच भएको निर्णय नमान्ने चेतावनी दिईएको हो ।

३ जनाले हस्ताक्षर गरेको विज्ञप्तिमा नेपाली काँग्रेसको गुटगत विबाद छताछुल्ल भएको छ । विज्ञप्ति निकाल्ने तीनै जना काँग्रेस केन्द्रिय सदस्य बलबहादुर केसी पक्षका हुन् । उनीहरुले जिल्लाका ८ वटै स्थानीय तहबाट चुनावी तालमेलको विपक्षमा राय आएको भन्दै आफ्नै जिल्ला सभापतिको निर्णयको खिलाफमा विज्ञप्ति निकालेका हुन् । जिल्ला सभापति शेर्पा सहित माओबादी केन्द्र, नेकपा एस र जसपाका जिल्ला अध्यक्षहरुले संयुक्त रुपमा हस्ताक्षर गरेर विज्ञप्ति जारी गरि तालमेलको वातावरण बनाउन आह्वान गरेका थिए ।

जिल्ला सभापतिको एकलौटि निर्णय सिंगो कार्यसमितिले मान्न नसकिने जिल्ला सचिव युवराज घिमिरेले बताए । जिल्ला समिति र पदाधकारीसँग सल्लाह नै नगरि सभापतिले कदम चालेकाले अस्विकार्य रहेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार