एकीकृत अखिल नेपाल शिक्षक संगठन नेचासल्यानको अध्यक्षमा राई

एकीकृत अखिल नेपाल शिक्षक संगठन नेचासल्यानको अध्यक्ष मनु राई बनेका छन् । गाउँपालिकाको तेस्रो अधिबेशनबाट राईको अध्यक्षतामा १५ सदस्सीय पालिका कमिटी गठन गरिएको छ ।

कमिटीको वरिष्ठ उपाध्यक्षमा नवराज बास्तोला, महिला उपाध्यक्षमा सीता आचार्य, सचिवमा दिपक कटेल र अर्थसचिवमा नानेश्वरी पराजुलीलाई चयन गरिएको धन कुमार ढुंगेलले जानकारी दिए ।

पालिका अधिबेशन एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष तिलक बहादुर राईको प्रमुख आतिथ्यता, पुर्व जिल्ला अध्यक्ष रामेश्वर सिंह कार्की, माओवादी केन्द्र १ नं प्रदेश कमिटी सदस्य जनरिसी राई, नेकपा माओवादी केन्द्रका नेचासल्यान इन्चार्ज केसर बहादुर राई, एकीकृत अखिल शिक्षक संगठनका पुर्व प्रदेश कमिटी सदस्य कमल प्रसाद कटेल, माओवादी केन्द्र नेचासल्यान अध्यक्ष सिताराम भट्टराई, सचिव वियस राई लगायतका नेताहरूले शिक्षकको हकहित र शैक्षिक सुधार एवम् संगठन चलायमान, आगामी निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारलाई जिताउन खेल्न सकिने भूमिकको विषयमा विचार राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार