कांग्रेस सोलुले गर्यो कार्यसम्पादन र संसदीय समिति गठन

सोलुखुम्बु। नेपाली कांग्रेस सोलुखुम्बुले कार्यसम्पादन र संसदीय समिति गठन गरेको छ ।

जिल्ला सभापति नाम्गेल जाङबु शेर्पाको अध्यक्षतामा सल्लेरीस्थित पार्टी कार्यालयमा बसेको बैठकले सभापति शेर्पाको संयोजकत्वमा पदाधिकारी, निर्वतमान सभापतिसहित २५ सदस्सीय कार्य सम्पादन समिति गठन गरेको हो ।

त्यस्तै, बैठकले पाँच सदस्सीय संसदीय समिति गठन गरेको छ । समितिमा कृष्णप्रसाद निरौला, चन्द्रप्रसाद आचार्य, दावागेलु पाख्रिन र सरला नाछिरिङ रहेका छन् ।

कांग्रेसले जिल्ला कोाषध्यक्षमा जिल्ला सदस्य तेन्जिङ शेर्पालाई कोषाध्यक्षमा मनोनितका लागि प्रस्ताव गरिएको र अर्को बैठकले निर्णय गर्ने जनाइएको छ। आसन्न स्थानीय निर्वाचनको गठबन्धनका सवालमा पाँच दलीय गठबन्धनको बैठकमा छलफलका लागि वर्तमान सभापति र निवर्तमान सभापतिलाई जिम्मेवारी दिएको छ ।

कार्य सम्पादनको बैठक शनिबार दिउँसो १ बजे बस्ने कांग्रेस सोलुखुम्बुले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार