सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिएका नेपाली कांग्रेस सोलुखुम्बुका महाधिबेशन प्रतिनिधि जीवन गुरुङले उम्मेद्वारी फिर्ता लिएका छन् ।
टिकट नपाएको भन्दै अध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेका गुरुङले निर्वाचन आयोगले तोकेको फिर्ता अवधिमा शुक्रबार उम्मेद्वारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गुरुङको उम्मेद्वारी फिर्तासँगै थुलुङ दुधकोशीमा कांग्रेसका नेता कार्यकर्तामा खुसीयाली छाएको छ । आसन्न निर्वाचनमा कांग्रेसले अध्यक्षमा वीर बहादुर गुरुङ र उपाध्यक्षमा एक कुमारी बस्नेतलाई उम्मेदवार बनाएको छ ।
यसअघि नेपाली कांग्रेसले बागी उम्मेदवार फिर्ता नलिने नेताहरु स्वत पार्टीबाट निस्कासित हुने व्यहोराको सूचना जारी गरेको थियो ।