‘पाँच बर्षमा सम्वृद्धिको जग हाल्यौँ, अब विकासमा रफ्तार दिन्छौँ’

नेपाली कांग्रेसले सोलुखुम्बुको बेनी र मोपुङमा चुनावी सभा सम्पन्न गरेको छ । सोलुदुधकुण्ड नगरपालिका २ अन्तरगतका दुई सभामा कांग्रेसबाट मेयर पदका उम्मेदवार नाम्गेल जाङबु शेर्पाले वितेका पाँच बर्षमा सम्वृद्धिको जग हालेकाले सोही जगमा टेकेर विकासमा दिन चाहेको बताए ।

उनले भने, ‘शुरुवाती नेतृत्व गरेर नगरको विकासमा जग हाल्यौँ । विकासको रफ्तारका लागि नेतृत्वमा दोहोरिन चाहेको हूँ ।’ बाक्लो जनसहभागीतामा सम्पन्न चुनावी सभामा निवर्तमान मेयर शेर्पाले आफ्नो कार्यकालमा भएका कामको बेलिविस्तार लगाए ।

उनले ५५० किलोमिटर सडक निर्माण, स्तरोन्नती, आवश्यकताको आधारमा मोटरेवल र झोलुङ्गे पुल निर्माण, जिल्ला अस्पतालको भवन, फाप्लु एयरपोर्ट लगायतका पुर्वाधार निर्माण, टाक्टोर–लामाजुरा सडक निर्माण, एडिबिले कृषिमा लगानी गर्ने वातावरण सृजना भएको विषयलाई मतदाता समक्ष राखे ।

शेर्पाले टाप्टिङमा ओङछु शेर्पा मेमोरियल आधारभूत अस्पताल संचालन, नगरपालिकामा भष्ट्राचार शुन्य, शुसासन र पारदर्शिता नै आफ्नो कार्यकालको सवल पक्ष रहेको बताए । एम्बुलेन्स, दमकल लगायतको व्यवस्थापन र संचालनले जिल्लाकै नागरिक लाभान्वित बनेको उनले बताए ।

शेर्पाले ३ मेगावाटको जलविद्युत आयोजना नगरपालिकाको स्वामित्वमा निर्माण गर्ने र नगरलाई आत्मनिर्भर बनाउने योजना सुनाए । सभामा उपमेयरका उम्मेदवार गान्धिमाया तामाङ, कांग्रेस प्रदेश सभा ‘ख’सभापति कर्मा शेर्पा, जिल्ला सदस्यद्धय नारायणकाजी श्रेष्ठ र राधिका श्रेष्ठ, वडाअध्यक्षका उम्मेदवार ङवाङ ठिले शेर्पा लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार