६६१ स्थानीय तहको नतिजा सार्वजनिक गर्दा कसले कति जिते??

स्थानीय तह निर्वाचनअन्तर्गत अहिलेसम्म ६६१ पालिकाको नतिजा सार्वजनिक भएको छ। जसअन्तर्गत नेपाली कांग्रेसले २९६ पालिका जितेको छ भने नेकपा (एमालेले) १८२ पालिका जितेको छ।

यसैगरी, नेकपा (माओवादी केन्द्र) ले ११३ पालिका जित्दा नेकपा (एकीकृत समाजवादी) ले छ जनता समाजवादी पार्टीले १६ तथा अन्य पार्टीले ४८ पालिका जितेका छन्।

शुक्रबार बेलुका ६ बजेसम्म निर्वाचन आयोगको केन्द्रीकृत डाटामा समाविष्ट तथ्याङ्क अनुसार नेपाली कांग्रेसले ११२ पालिकामा प्रमुख पद जितेको छ भने २३ पालिकामा अग्रता लिएको छ।

यस्तै, नेकपा (एमाले) ले ६३ पालिकामा प्रमुख पद जितेको छ भने १६ पालिकामा अग्रता लिएको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले २० पालिकामा प्रमुख पद जितेको छ भने सात पालिकामा अग्रता लिएको छ।

यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले छ पालिकामा प्रमुख पद जितेको छ भने पाँच पालिकामा अग्रता कायम गरेको छ। यस्तै, अन्य पार्टीले २२ पालिकामा प्रमुख पद जितेका छन् भने १३ पालिकामा अग्रता बनाएका छन्।

गाउँपालिकातर्फ कांग्रेसले १८४ पालिकामा अध्यक्ष पद जितेको छ भने चार पालिकामा अग्रता लिएको छ। एमालेले ११९ पालिकामा अध्यक्ष पद जितेको छ भने चार पालिकामा अग्रता लिएको छ।

माओवादी केन्द्रले ९३ पालिकामा अध्यक्ष पद जितेको छ भने तीनवटा पालिकामा अग्रता लिएको छ। जनता समाजवादी पार्टी (जसपा)ले १६ पालिकामा अध्यक्ष पद जितेर छ पालिकामा अग्रता लिएको छ। यस्तै, अन्य पार्टीले २६ पालिकामा अध्यक्ष पद जितेका छन् भने पाँच पालिकामा अग्रता लिएका छन्।

यस्तै, कांगेसले ८४ पालिकामा उपप्रमुख पद जितेको छ भने २४ पालिकामा अग्रता लिएको छ। यस्तै, एमालेले ८४ पालिकामा उपप्रमुख पद जितेको छ भने २९ पालिकामा अग्रता लिएको छ।

माओवादी केन्द्रले २८ पालिकामा उपप्रमुख पद जितेर छ पालिकामा अग्रता लिएको छ। एकीकृत समाजवादीले आठ पालिकामा उपप्रमुख पद जितर एक पालिकामा अग्रता कायम राखेको छ। अन्यले १८ पालिकामा उपप्रमुख पद जितेका छन् भने पाँच पालिकामा अग्रता लिएका छन्।

यस्तै, कांग्रेसले १८५ पालिकामा उपाध्यक्ष पद जितेको छ भने छ पालिकामा अग्रता बनाएको छ। एमालेले ११९ पालिकामा उपाध्यक्ष पद जितेको छ भने छ पालिकामा अग्रता लिएको  छ।

माओवादी केन्द्रले ९३ पालिकामा उपाध्यक्ष पद जितेको छ भने दुई पालिकामा अग्रता लिएको छ। जनता समाजवादी पार्टीले १४ पालिकामा उपाध्यक्ष पद जितेको छ भने पाँच पालिकामा अग्रता बनाएको छ।

अन्यले २६ पालिकामा उपाध्यक्ष पद जितेका छन् भने तीन पालिकामा अग्रता लिएका छन्। यस्तै, कांग्रेसले दुई हजार ४४४ वटा वडामा अध्यक्ष जितेर १८ वटा वडामा अग्रता लिइरहेको छ।

नेकपा एमालेले एक हजार ९४० वटा वडा जित्दा १७ वडामा अग्रता लिइरहेको छ। नेकपा (माओवादी केन्द्र) ले एक हजार सातवटा वडामा अध्यक्ष जितेको छ। दुई वटा वडामा उसले अग्रता लिइरहेको छ।

यस्तै, जनता समाजवादी पार्टीले २४८ वटा वडामा अध्यक्ष जितेको छ भने चार वटा वडामा अग्रता लिइरहेको छ। अन्यले ५३६ वटा वडा जितेका छन् भने तीन वटामा अग्रता लिएका छन्। गोरखापत्र अनलाइनबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार