जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (९एन एइटी)  कल साइनको ट्विनअटर विमान विहान ९ः५५ बजे देखि  सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर पोखराबाट उडेको जहाज आहिलेसम्म सम्पर्कविहीन भएको तारा एयरका प्रवक्ता सुर्दशन बर्तौलाले जानकारी दिनुभयो ।

हाम्रा गण्डकी प्रदेश संयोजक रमेस पौडेलका अनुसार मुस्ताङको लेतेमा ठोक्कीएको जानकारी प्राप्त भएको छ । पोखरा विमानस्थलका अनुसार घोरेपानी भन्ने ठाउँसम्म पुग्दा सम्पर्क कायमै रहेको विमानमा दुई विदेशी सहित १९ यात्रु रहेको विमानस्थलले जनाएको छ ।

उहाँका अनुसार जहाज अहिलेसम्म सम्पर्कमा छैन, जहाजबारे खोजविन सुरु गरिएको छ । आइतबार विहानै देखि मौसममा बदली हुँदा देसैभर बर्षा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार