जिल्ला समन्वय समिति सोलुखुम्बुमा कांग्रेसको एकल मनोनयन

सन्तोष राउत/सोलुखुम्बु। जिल्ला समन्वय समिति  सोलुखुम्बुमा नेपाली कांग्रेसको एकल मनोनयन दर्ता भएको छ । नौ सदस्यीय जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसबाट मात्र नौ जनाको उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित हुने भएका छन्।

दाबी/विरोध, उजुरीको समय बाँकी भएपनि अन्य कुनै दलबाट उम्मेदवारी नपरेपछि जिल्लामा समन्वय समिति निर्विरोध हुने भएको हो ।

जिल्ला समन्वय समितिको प्रमुखमा कृष्णप्रसाद निरौला र उपप्रमुखमा टीकामाया मगर निर्विरोध हुनुभएको हो।

त्यस्तै, खुला सदस्यमा नारायण प्रसाद निरौला, सोम राज केसी, धर्मध्वज बस्नेत, महिला सदस्यमा कमला नाछिरिङ राई, सीताकुमारी बस्नेत, हिरामाया कामी, अल्पसङ्ख्यकबाट पेम्बा शेर्पाको मनोनयन परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सोलुखुम्बुले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार