सोलुदुधकुण्ड नगरपालिकामा विभिन्न विषयगत समिति गठन, को को परे?

सोलुदुधकुण्ड नगरपालिकाले विभिन्न विषयगत समिति गठन गरेको छ ।

सोमबार बसेको दोस्रो नगर कार्यापालिकाको वैठकले आङठिले शेर्पाको संयोजकत्वमा आर्थिक विकास समिति, सोनाम ग्याल्जेन शेर्पाको संयोजकत्वमा सामजिक विकास समिति, कुलध्वज घर्ति मगरको संयोजकत्वमा पुर्वधार विकास समिति, ल्हाक्पा गेलु शेर्पाको संयोजकत्वमा वातावरण तथा विपद व्यवस्थापन समिति र टंक बहादुर कार्कीको संयोजकत्वमा संस्थागत विकास र सुशासन समिति गठन गरिएको नगर प्रमुख नाम्गेल जाङबु शेर्पाले जानकारी दिनुभयो।

वैैठकले स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम उपमेयर गान्धीमाया तामाङको संयोजकत्वमा स्थानीय राजस्व परामर्श समिति, मेयर शेर्पाको संयोजकत्वमा स्रोत अनुगमन तथा बजेट सिमा निर्धारण समिति, उपमेयर तामाङको संयोजकत्वमा बजेट तथा कार्यक्रम तजर्समा समिति, उपमेयर तामाङको संयोजकत्वमा अनुगमन तथा सुपरिवेक्षण समिति, वडाअध्यक्ष संयोजक रहनेगरि वडास्तरिय अनुगमन तथा सुपरिवेक्षण समिति गठन गरिएको छ ।

त्यस्तै, फुर्वाग्याल्जेन शेर्पाको संयोजकत्वमा लेखा समिति, उपमेयरको संयोजकत्वमा विधायन समिति, न्यायिक समिति र स्थानीय अपांगता समन्वय समिति गठन गरेको छ । साथै वैठकले मेयर शेर्पा संयोजक रहने गरि नगरस्तरिय र वडाअध्यक्ष संयोजक रहने गरि वडास्तरिय स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समिति, मेयर शेर्पाकै संयोजकत्वमा वाङछु शेर्पा मेमोरियल प्राथमिक अस्पताल व्यवस्थापन समिति गठन लगायतका निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार