एकीकृत समाजवादीको मन्त्रीहरु फिर्ता बोलाउने निर्णय अनुमोदन, नयाँ मन्त्रीहरुको सपथ शुक्रबार

नेकपा (एकीकृत समाजवादी) को स्थाीय कमिटी बैठकले मन्त्रीहरु हेरफेर गर्ने निर्णय अनुमोदन गरेको छ। यसअघि सचिवालय बैठकले मन्त्रीहरु फिर्ता बोलाउने र उनीहरुको ठाउँमा नयाँ मन्त्रीहरु सिफारिश गरेको थियो ।

तर, मन्त्रीहरुकै विरोधको कारण उक्त निर्णय कार्यान्वयनमा आउन समस्या भएको थियो । फिर्ता बोलाईएका मन्त्रीहरुले बजेटबारे उठेका प्रश्नहरुको जवाफ दिन पाउनुपर्ने अडान राखेपछि निर्णय कार्यान्वयनमा ढिलाई भएको थियो । अब बजेट पारित भएपछि नयाँ मन्त्रीहरुलाई सरकारमा पठाउने एकीकृत समाजवादीको निर्णय छ।

आज (बुधबार) बसेको स्थायी कमिटी बैठकले यसअघि पार्टीको सचिवालय समितिले गरेको मन्त्री हेरफेरको निर्णयलाई अनुमोदन हो । नयाँ मन्त्रीहरुको सपथ भने यही शुक्रबार हुने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार