वामदेव पार्टीको संयोजकबाट निश्काषित

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम संयोजकबाट पार्टीबाट निष्कासित भएका छन् । आज (शनिबार) बसेको पार्टीका शीर्ष नेताहरुको बैठकले गौतमलाई संयोजकबाट निश्काषित गरेको हो ।

गौतमलाई संयोजकबाट हटाईएसँगै युवराज सफललाई संयोजक तोकेको छ । गौतममाथि सांगाठनिक अराजकता गरेको आरोप लगाईएको छ। गौतमले यही असार १३ गते रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नयाँ पार्टी घोषणा गरेका थिए ।

सोसँगै उनले एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए ।रिपोर्टर्सनेपाल डटकमबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार