तयार भयो कांग्रेसमा मर्यादाक्रम

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा नेताहरुको मर्यादाक्रम सम्बन्धि प्रस्ताव पेश भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा नेताहरुको मर्यादाक्रम निर्धारणको लाग प्रस्ताव पेश भएको हो ।

पार्टी विधानले व्यवस्था गरेको तहगत संरचनाको आधार, पदाधिकारी, सदस्यको मर्यादाक्रम,सरकारले जारी गरेको मर्यादाक्रम र वर्तमान तथा भुतपुर्व पदको आधारमा मर्यादाक्रमको चार आधार निर्धारण गरिएको छ ।

पहिलो वरियतामा केन्द्रीय सभापति दोस्रोमा पुर्वसभापति र तेस्रोमा प्रधानमन्त्री रहने प्रस्ताव अघि सारिएको हो । त्यस्तै, कांग्रेसले चौथोमा पुर्वप्रधानमन्त्री, पाँचौमा संसदीय दलका नेता, छैटौंमा केन्द्रीय पदाधिकारी, सातौमा संसदीय दलका पुर्व नेता, आठौंमा पुर्वकेन्द्रीय पदाधिकारी र नवौमा केन्द्रीय सदस्य रहने प्रस्ताव गरेको छ । यसैगरी, एघारौमा प्रदेश सभापति,  १२० औं मा पार्टीका क्रियाशील सदस्य र १२१ औं मा कांग्रेस सदस्यलाई राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार