खोटाङ केन्द्रविन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प

खोटाङ केन्द्रविन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प गएको छ । आइतबार बिहान ८ः१३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका  बरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीका अनुसार खोटाङको मार्तिम विर्ता केन्द्रविन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो । खोटाङ लगायत देशभर भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको विस्तृत रिपोर्ट भने आउन बाँकी रहेको छ ।

स्थानीयतह र अन्य सुरक्षा निकायसँग समन्व्य गर्दा क्षतिको विवरण खासै आइ नपुगेको र टेलिफोन विजुली सुचारु अवस्थामा रहेको खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्या प्रसाद सेडाईले जानकारी दिनुभयो । साता दिनदेखि लगातार पानी परेकाले राजमार्गहरु अवरुद्ध हुने सम्भावना बढी रहेकाले विपत् जोखिम न्युनिकरण र उद्धारका लागि तयारी अवस्थामा रहेको समेत उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार