एक साता विद्यालय बन्द

सन्तोष राउत/सोलुखुम्बु । विद्यालय कर्मचारी परिषदको आव्हानमा मुलुकभरका सामूदायिक विद्यालय सात दिन बन्द हुने भएका छन् ।

सरकारले तलबमा विभेद गरेको भन्दै विगत लामो समयदेखि आन्दोलनमा रहेको विद्यालय कर्मचारी परिषदले आफ्ना जायज मागको सरकाले वेवास्ता गरेको भन्दै भदौ १२ गतेदेखि १८ गतेसम्म सबै सामूदायिक विद्यालय बन्द गर्ने भएको हो ।

यसै क्रममा विद्यालय कर्मचारी परिषद सोलुखुम्बुका अध्यक्ष चक्रबहादुर थापाले एक अपिल प्रकाशन गर्दै स्थानीय तहका प्रमुख, उपप्रमुख, शिक्षा शाखा प्रमुख, विद्यालयका प्रधानाध्यापकहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, शिक्षक अभिभावक संघका अध्यक्षहरु, शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी, बुद्धिजीवि तथा सबैलाई सहयोगका लागि अनुरोध गर्नुभएको छ ।

विद्यालय बन्द गर्नु रहर नभई बाध्यता भएको बन्दै परिषदले जिल्लास्थित शिक्षकका पेशागत संघ संगठनहरुलाई पनि यस कार्यमा सहयोग गर्न अनुरोध समेत गरेको छ । यसअघि माग पूरा गराउन परिषदले माइतीघर मण्डलामा धर्ना गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार