माओवादी केन्द्रले गर्यो उमेद्वार सिफारिस

सन्तोष राउत/सोलुखुम्बु  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सोलुखुम्बुले आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार सिफारिस गरेको छ ।

प्रतिनिधिसभा प्रत्यक्षतर्फ हेमकुमार राई, असिम राई, शिवबहादुर बस्नेतको नाम सिफारिस गरेको छ । हेमकुमार वर्तमान प्रतिनिधिसभा सदस्य, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सोलुखुम्बु इन्चार्ज हुनुहुन्छ भने असिम माओवादी केन्द्र जिल्ला समन्वय समिति सोलुका संयोजक तथा थुलुङ दूधकोकी गाउँपालिका अध्यक्ष हुनुहुन्छ । शिवबहादुर माओवादी केन्द्रका केन्द्रीय सदस्य हुनुहुन्छ ।

प्रतिनिधिसभा समानुपातिकतर्फ दिलबहादुर नेपाली, पासाङ शेर्पाको नाम सिफारिस गरिएको छ । सल्लेरीमा सम्पन्न जिल्ला समन्वय समितिको विस्तारित बैठकले प्रदेश सभा (क) प्रत्यक्षतर्फ गोम्बु शेर्पा (क्र्याङ), हिमाल गिरी, जुद्धबहादुर कार्की, रामकुमार राई र रामेश्वर कार्कीको नाम सिफारिस गरिएको छ ।

प्रदेश सभा (ख) बाट प्रत्यक्षतर्फ ठमनाथ पराजुली, ङिमातेण्डुप शेर्पा, नाम्गेल शेर्पा, दावा तेन्जी शेर्पाको नाम सिफारिस गरिएको छ ।

त्यस्तै, प्रदेश सभा (क) र (ख) बाट समानुपातिकतर्फ दिव्या खालिङ राई, शारदामाया तामाङ, दिपक श्रेष्ठ, रग्बा शेर्पा, अमृता कुलुङ, प्रल्हाद राई, बलबहादुर राई, धनकुमार विश्वकर्मा, केशरबहादुर राई, टेकबहादुर बस्नेत र अनिसा राईलाई सिफारिस गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार