सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक बालुवाटारमा जारी छ। प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनका लागि समानुपातिक उम्मेदवार सम्बन्धमा छलफल गर्न सो बैठक बोलाउनुभएको सचेतक मीन विश्वकर्माले जानकारी दिनुभयो।
विश्वकर्माले भन्नुभयो, “प्रधानमन्त्रीले समानुपातिक उम्मेदवार सम्बन्धमा छलफल गर्न बैठक बोलाउनुभएको हो। बैठक बालुवाटारमा जारी छ।”
निर्वाचन आयोगले मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा गर्नेगरी तयारी गरेको छ। निर्वाचनका लागि असोज २ देखि ३ गतेसम्म समानुपातिक उम्मेदवारको सूची पेस गर्नुपर्ने छ। गोरखापत्र अनलाइनबाट