सगरमाथामा सेल्फी खिच्न हजारौँ विदेसी ओइरो लाग्ने योजना ल्याएका छौँअ -र्थमन्त्री शर्मा

सन्तोष राउत/सोलुखुम्बु । अर्थमन्त्री जनार्दन शर्माले केही वर्षमा विश्वका हजारौँ मानिस सगरमाथामा सेल्फी खिच्न आउने बताउनुभएको छ ।
सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिकाको केन्द्र मुक्लीमा ५० शैयाको सामूदायिक अस्पताल, गाउँपालिकाको प्रशासनिक भवन र बहुप्राविधिक शिक्षालय भवनको संयुक्त उद्घाटनका क्रममा मन्त्री शर्माले लगानी बोर्डमार्फत महत्वपूर्ण योजना अघि सारिएकाले आगामी दिनमा सगरमाथा हेर्न आउनेको ओइरो लाग्ने उहाँले दाबी गर्नुभयो ।

संविधानको रक्षामार्फत अब आर्थिक क्रान्तिमा होमिनुपर्ने भन्दै समाजवादी अर्थतन्त्रको आधार तयार गर्ने काम यस वर्षको बजेटले शुरु गरेको बताउनुभयो । अबको अन्तिम लक्ष्य समाजवादी मुलुक निर्माण रहेको भन्दै सोही अनुसार मुलुकको अर्थतन्त्र चलयामान हुने उहाँको भनाइ छ ।

‘कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट ल्याएको छु, अब मुलुकमा रोजगारी सिर्जना हुन्छ, गरिबीको अन्त्य हुन्छ, स्थानीय तहहरु सम्पन्न हुनेछन् र विकासले नयाँ गति लिने छ,’ मन्त्री शर्माले भन्नुभयो । अब बाँझो जमिनमा खेती गर्ने योजना ल्याइएको छ, अधिकांस बजेट पालिकामार्फत आउने भएकाले जिम्मेवार भएर लाग्न उहाँले आग्रह गर्नुभयो ।

यस वर्षको बजेटले डिजिटल शिक्षालाई अघि सारेकाले सबै विद्यालयमा एकै खालको गुणस्तरीय शिक्षा उपलब्ध गराउन सकिने बताउनुभयो । सबै तहमा सुविधा सम्पन्न अस्पताल सकित स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य रहेको पनि उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार