कांग्रेस नेता खड्का ‘महात्मा बुद्ध शान्ति पुरस्कार’ बाट पुरस्कृत

नेपाली कांग्रेसका नेता तथा शहीद पुत्र मनोज खड्का ‘महात्मा बुद्ध शान्ति पुरस्कार’ बाट पुरस्कृत हुनुभएको छ ।

माहात्मा गान्धीको १५३ औँ जयन्तीको अवसरमा बेलायतमा एनआरआई वेलफेयर सोसाइटीद्वारा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधि खड्कालाई ‘हाउस अफ कमन्स् लण्डन’ ले सामाजिक कार्य गरेवापत पुरस्कृत गरेको हो ।

नेता खड्का नेपाली काँग्रेसले पञ्चायती व्यवस्था विरुद्ध वि.सं.२०३१ सालमा गरेको शसस्त्र क्रान्ति अन्तरगत ऐतिहासिक टिम्बरबोटे घटनामा मारिएका ४७ जना सहिदमध्ये अम्बरबहादुर खड्काका पुत्र समेत हुनुहुन्छ।

सोही अवसरमा पिएचडी एसोसियशनका अध्यक्ष तथा साउथ वेस्टन स्टेट कलेजका प्रिन्सिपल डा. राजेन्द्र केसी पनि पुरस्कृत हुनुभएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार