निर्वाचन आचारसंहिता आजदेखि निष्क्रिय

काठमाडौं निर्वाचन आयोगले सोमबार(आज)देखि निर्वाचन आचारसंहिता निष्क्रिय भएको जनाएको छ । आयोगले गएको असोज १२ गतेदेखि लागु गरिएको आचारसंहिता आजदेखि निष्क्रिय भएको जानकारी दिएको हो ।
समानुपातिकसहित निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएपछि आयोगले आचारसंहिता निष्क्रिय हुने भएको जनाएको छ ।
गएको मंसिर ४ गते देशैभर एकै पटक प्रतिनिधि र प्रदेशसभाको निर्वाचन भएको थियो । विवादका कारण केही क्षेत्रमा भने केही दिन पछि पुनः मतदान गरिएको थियो । नेपाली नेटवर्कबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार