सन्तोष राउत/सोलुखुम्बु, पुस २९ गते । सोलुखुम्बको थुलुङ दूधकोशी गाउँपालिका केन्द्र मुक्लीमा रहेको लक्ष्मी बैङ्कले एटीएम सेवा सुरु गरेको छ । पालिकाले उपलब्ध गराएको प्रशासनिक भवनमा राखिएको उक्त एटीएम मेसिनको गाउँपालिका अध्यक्ष असिम राईले उद्घाटन गर्नुभएको हो ।
त्यस अवसरमा अध्यक्ष राईले पहाडी जिल्लामा नै पहिलोपटक पालिका अध्यक्ष असिम राईले पहाडी जिल्लामा नै पहिलोपटक बैङ्क राख्न सफल भएको दावी गर्दै बैङ्क सञ्चालक तथा कर्मचारीलाई धन्यवाद दिनुभयो । नागरिकको सेवालाई सहज र सरल बनाउनुपर्ने दायित्व ठानेर पालिका अघि बढेको उहाँको भनाइ छ ।
गाउँपालिका केन्द्रमा सञ्चालित लक्ष्मी बैङ्कले सेवाग्रहीको सहजता र गाउँपालिकाको माग अनुसार सेवा प्रवाह गरेको जनाएको छ । पालिकाको मागअनुसार अहिले पालिका भरीका विभिन्न पाँच स्थानबाट सेवा प्रवाह गरिरहेको जानकारी दिँदै लक्ष्मी बैङ्क मुक्ली शाखाकाशाखा प्रबन्धक प्रेम बस्नेतले व्यवस्थित र प्रभावकारी सेवा प्रवाहमा लागि परेको बताउन्भयो ।
बैङ्कमा लाइन बस्नुपर्ने, कार्यालय समयधित्र चेक साट्नुपर्ने जस्ता झण्झटिलो प्रक्रियाबाट रकम निकाल्नुपर्ने बाध्यताको अन्त्य भएको भन्दै स्थानीय खुशी भएका छन् ।