तीन महिनादेखि धौलागिरी हिमालमा वेपत्ता कार्कीको शव फेला

सोलुखुम्बु। तीन महिनादेखि धौलागिरी हिमालमा वेपत्ता सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–२ काँगेलका २७ वर्षीय बालकुमार कार्कीको शव फेला परेको छ । धौलागिरी हिमाल क्षेत्रमा लडेर वेपत्ता गत असोज २१ गते धौलागिरी हिमालको खरपासमा खसेर वेपत्ता हुनुभएका कार्कीको शव फेला परेको हो ।

हिमपात भएको बेला बेपत्ता बनेका कार्कीको शव हिउँ पग्लदै गएपछि देखिएको मृतकका आफन्त सुर्यबहादुर बस्नेतले बताउनुभयो । उहाँको शव हेलिकप्टरमार्फत पोखरा ल्याई त्यहाँबाट गाडीमार्फत काठमाण्डौ ल्याइएको उहाँले जानकारी दिनुभयो ।

शवलाई हाल पोष्ट मार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको बताइएको छ । उहाँ फुल सिजनल माउन्टेन ट्रेक्स प्रा.लि.बाट पदयात्रामा निस्किनु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार