किराँत राई कर्मचारी मञ्च सोलुखुम्बुले लोक सेवा आयोग सम्बन्धी एक दिने अभिमुखीकरण गर्ने

किरात राई कर्मचारी मञ्च जिल्ला कार्य समिति सोलुखुम्बुले लोक सेवा आयोग सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ।

जिल्लाको सदरमुकाम सल्लेरीमा रहेको जिल्ला समन्वय समितिको समिक्षालय हलमा यही शनिबार बिहान १० बजेदेखि हुने कार्यक्रममा लोकसेवा के हो, कसरी तयारी गर्ने लगायतका विविध विषयमा अभिमुखीकरण गरिने जिल्ला कार्य समितिका अध्यक्ष कुल बहादुर राईले जानकारी दिनुभयो।

पछिल्लो समयमा लोक सेवा आयोगले लिने विभिन्न प्रतिस्पर्धात्मक परीक्षाको तयारीमा आकर्षण बढ्दै गएकाले समावेशीकरण सम्बन्धी राज्यको नीति बमोजिम आरक्षित कोटातर्फ लक्षित वर्गको सहभागितामा वृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो।

कार्यक्रममा लोकसेवा तयारीमा रुचि राख्ने किरात राई समुदायका सबैलाई उपस्थित हुन अनुरोध गर्दै अध्यक्ष राईले किराँत राईसंग सम्बन्धित विभिन्न संस्था तथा सरोकारवालाहरूलाई उपस्थित गराउन समन्वयको भूमिका निर्वाह गरिदिन समेत आग्रह गर्नुभएको छ।

यस कार्यक्रम पश्चात् मागको आधारमा आगामी दिनमा लोक सेवा आयोगको तयारी कक्षा समेत सञ्चालन गर्ने सोच रहेको मञ्चले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार